दफा २९
सहीछाप गर्दा पु¥याउनु पर्ने रीत

(१) लिखतमा सहीछाप गर्दा वा गराउँदा लेख्न जान्नेले आफ्नो नाम लेखी दस्तखत गर्नु पर्नेछ र लेख्न नजान्ने व्यक्तिले ल्याप्चे सहीछाप गर्नु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका लिखतमा सहीछाप गर्दा दुवै हातको बुढी औँलाको ल्याप्चेसहीछाप र लेख्न जान्नेले आफ्नो दस्तखत गरेकोकुरा प्रमाणित हुने गरी सहीछाप गरेको हुनु पर्नेछ:-
(क) आफ्नो हक छाडी दिएको वा धितो बन्धक राखेको सम्पत्तिसँग सम्बन्धित लिखत,
(ख) सरकारी कार्यालय वा सङ्गठित संस्थामा दिइने मञ्जुरीनामा वा अख्तियारनामा,
(ग) सट्टापट्टापत्र, अंशियारबीच हुने बण्डापत्र, अंश छोडपत्र वा अंश बुझेको भरपाईको लिखत,
(घ) मानो छुट्टिएको वा मानो जोडिएको लिखत,
(ङ) धर्मपुत्र वा धर्मपुत्री सम्बन्धी लिखत,
(च) ऋण फिर्ता बुझाउँदा वा ऋण दिँदा लिखतको पीठमा दरपीठ नगरी छुट्टै गरिदिएको भरपाई,
(छ) ऋण दिए लिएको भोगबन्धकी, दृष्टिबन्धकी, लखबन्धकी समेतका लिखत, भाखापत्र, जमानीपत्र, कबुलियतनामा,
(ज) नासो धरौट लिए दिएको करार,
(झ) कपाली तमसुकको लिखत ।
(३) उपदफा (१) बमोजिम सहीछाप गर्दा सरकारी कार्यालय वा सङ्गठित संस्थाबाट जारी हुने लिखतमा सम्बन्धित अधिकारीलेआफ्नो नाम र पद खुलाई दस्तखत गरी अड्डाको छाप लगाई त्यस्तो लिखतमा लिखत जारी भएको मिति उल्लेख हुनुपर्नेछ ।